स्थानीय सरकारले वनस्पतिको संरक्षण गर्ने

स्थानीय सरकारले वनस्पतिको संरक्षण गर्ने

 

जंगलमा पाइने खान योग्य वनस्पतिको संरक्षण गरी जनताको आम्दानी बढाउने योजना ल्याउने कार्यक्रमका लागि उत्तरी धादिङका तीन गाउँपालिका प्रमुखले प्रतिवद्धता जनाएका छन्।

जंगली खानयोग्य वनस्पतिको योगदानबारे लिवर्ड र वेल्थ हंगर हिल्फेले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै गंगाजमुना, खनियाँबास र रुबीभ्याली गाउ“पालिकामा अध्ययन गरेको लिवर्डका वरिष्ट वनस्पति विज्ञ शम्भु बस्नेतले बताउनुभयो।

यस क्षेत्रका मानिसहरूले १४ देखि २८ प्रतिशत जंगली वनस्पतिले आफ्नो तरकारीको छाक टार्ने गरेको पाइएको छ।

तौलको आधारमा तरकारी १७ दशमलब २ प्रतिशत, मसला १३ दशमलव ६ प्रतिशत र फलफूल १९ दशमलव ६ प्रतिशत जंगली वनस्पतिले मानिसले गर्ने उपभोगको हिस्सा लिने गरेको तथ्य सार्वजनिक गरिएको थियो। मानिसले उपभोग गर्ने २ सय ५७ वनस्पतिमध्ये १ सय ७० वनस्पति खाने गरेको प्रतिवेदनमा उल्लेख छ।

पारिवारिक पोषण तथा खाद्य सुरक्षामा जंगली खानयोग्य वनस्पतिको योगदानबारे चर्चा गर्दै खनिया“बास गाउ“पालिका अध्यक्ष रणबहादुर तामाङले नागरिकको पोषण स्थितिमा सुधार गर्न वनस्पतिहरूको संरक्षण गरी आम्दानी गर्ने कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्दै केही काम शुरू गरिसकेको बताउनुभयो।

गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले कृषि सामुदायिक वनसँग समन्वय गरी जंगली खानगोइ वनस्पतिको संरक्षण कार्यक्रम गन, स्थानीय सरकारले वन ऐन बनाएर कार्यान्वयनमा ल्याउने कार्यक्रम शुरू गरिएकोले सरोकारवालाहरूले जनताको कार्यक्रममा सहयोग गर्न आग्रह गर्नुभयो।

रुबीभ्याली गाउँपालिका उपाध्यक्ष फे लामाले पोषिलो हुने भएको जंगली खान लायक बस्तुहरूको सुरक्षासम्बन्धी कार्यक्रम ल्याइने बताउनुभयो।

वन डिभिजन कार्यालय धादिङका प्रमुख अजयविक्रम मानन्धरले जैविक विविधताको संरक्षण गर्न, वनस्पति जो खान लायक छ तिनीहरूको वृद्धि गर्न सामुदायिक वन समूहलगायतका उपभोक्ताले आम्दानी बढाउनेगरी लाग्नुपर्ने बताउनुभयो।

गंगाजमुना र खनिया“बास गाउ“पालिकाले जलवायुमैत्री जैविक विविधता तथा जंगलमा पाइने खान लायक वनस्पतिबारे स्थानीय पाठ्यक्रममा समावेश गर्ने योजना ल्याउने समेत बताउनुभयो।

– सीताराम अधिकारी, धादिङ

साभारः नेपाल समाचारपत्र, असार २५ २०८०
https://epaper.newsofnepal.com/2023/07/10/7558/